नियम ३०
छुट्टा छुट्टै अनुज्ञापत्र लिनु पर्ने
एक ठाउ“भन्दा बढी ठाउ“हरुमा खाद्य पदार्थ उत्पादन वा
बिक्री वितरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रत्येक ठाउ“का लागि छुट्टा छुट्टै दरखास्त दिई
यस परिच्छेद बमोजिम अनुज्ञापत्र प्राप्त गर्नु पर्नेछ ।
तर कुनै खास ठाउ“मा नबसी घुमीफिरी खाद्य पदार्थ बिक्री गर्ने व्यक्तिको हकमा
यो नियम लागू हुने छैन ।